कोशीमा तीन सदस्यीय मन्त्रीमण्डल

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार बिहान उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री थापालाई शपथग्रहण गराएका हुन् ।

मुख्यमन्त्री थापाले दुई मन्त्रीसहित शपथ लिएका हुन् । तीन सदस्यीय प्रदेश सरकारमा दुईजना बिनाविभागीय मन्त्री बनेका छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट पाँचथरका कमलप्रसाद जबेगू र नेपाली कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार मन्त्री बनेका छन् ।

सभामुखलाई सरकार गठनको प्रक्रियामा संलगन गराएपछि विवादमा परेको नेकपा (माओवादी केन्द्र) ले भने सरकारमा सहभागिताबाकरे निर्णय गरेको छैन ।

जनता समाजवादी पार्टी (जसपा) ले भने पहिचानको मुद्दालाई लिखित रुपमा सम्बोधनको सुनिश्चित नगरिकन तत्काल सरकारमा नजाने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *