प्रधानमन्त्रीको अभिव्यक्ति गलतः कोइराला

विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति गलत भएको बताएका छन् ।

प्रधानमन्त्रीले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिले जनतालाई पनि ठेस पुगेको कोइरालाको भनाइ छ ।

गृहनगर आउने क्रममा विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको गरिमा र नेपाली जनतालाई समेत ठेस पुर्‍याएको छ’ उनले भने ।

असार १८ गतेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए ।

उनको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले विरोध गर्दै आएका छन् ।

अर्को प्रसंगमा नेता कोइरालाले कोशी प्रदेशमा सभामुखको भूमिका संविधानविपरीत भएको बताए ।

सभामुख तटस्थ बस्न नसक्दा लोकतन्त्र र संविधान विपरीत काम भएको उनको भनाइ छ ।

‘सभामुखले तटस्थ रहेर जिम्मेवारी वहन गर्न नसकेको भन्दै कोइरालाले भने, ‘लोकतान्त्रिक परिपाटी र संसदीय अभ्यासबाट संविधानलाई टेकेर अघि बढ्नुपर्नेमा भोलिका दिनमा अफ्ठ्यारो परिस्थिति सिर्जना हुने देखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *