एसईई परीक्षाको नतिजा आज प्रकाशन हुने

काठमाडौं । २०७९ सालको एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुने सम्भावना छ । नतिजा प्रकाशनबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक दिउँसो बस्ने भएको छ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बोर्डको बैठक बोलाइएको उल्लेख गरेका छन् । बैठकपछि आजै नतिजा सार्वजनिक हुने सम्भावना छ ।

यो वर्ष पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ । बोर्डले २०७८ सालमा लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो । निर्देशिका जारी भएको केही महिनापछि पहिलो पटक संशोधन गर्दै सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो ।

त्यस्ता विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने व्यवस्था उक्त निर्देशिकामा छ । तर, बोर्डले अघिल्लो वर्ष र यो वर्ष पुरानै अक्षरांकन (ग्रेडिङ) विधिमार्फत् नतिजा प्रकाशन गर्न लागेको हो ।

२०७९ को एसईई परीक्षा गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा देशभरबाट चार ८५ लाख ३९६ विद्यार्थी सहभागी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *