जन्मसिद्ध आमाबुबाका सन्तानलाई आजदेखि नागरिकता वितरण

विराटनगर । मोरङमा जन्मका आधारमा नागरिकता लिएका आमाबुबाका सन्तानलाई आज सोमबारदेखि नागरिकता वितरण गरिने भएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार धेरै भीडभाड हुन सक्ने भएकाले यसका लागि बेग्लै कोठा व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता वितरणका लागि पालिका प्रमुखहरुसँग पनि छलफल गरेको थियो ।

जन्मका आधारमा नागरिकता लिएका आमाबाबुको सन्तानलाई नागरिकता लिन बुबा–आमाको नागरिकता अनिवार्य हुनुपर्ने, वडाको सिफारिस, बसाइँ सरेर आएको भए बसाइँसराइ दर्ता प्रमाण आवश्यक पर्ने जनाइएको छ ।

यसैगरी, स्थानीय बसोबास प्रमाणित हुने पारिवारिक विवरण, व्यक्तिको जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र र नाबालक परिचयपत्र पनि अनिवार्य गरिएको छ ।

त्यस्तै बाबु–आमा र सन्तानको फोटोसहितको सक्कल नाता प्रमाणित, बाबु र आमाको विवाह दर्ता प्रमाणपत्र, बाबुआमाको मृत्यु भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र, कुनै पेसा वा व्यवसाय गरी बसेको भए त्यसको प्रमाण, जग्गाधनी प्रमाणपुर्जा वा स्थायी बसोबास सिफारिस वा व्यवसाय दर्ता प्रमाणपत्र, २०६३ सालको टोलीमा नाबालक दर्ता गराएको भए त्यसको निस्सा र स्वघोषणा पनि गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

प्रशासनले बुबा–आमा दुवैको नागरिकता अनिवार्य गरेको छ । बुबा आमामध्ये एक जनाको मात्रै नागरिकता छ भने सन्तानले त्यसका आधारमा नागरिकता बनाउन पाउने छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *