साउन १ देखि काठमाडौं महानगरमा प्लाष्टिक प्रयोग निषेध

काठमाडौं । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि प्लाष्टिकको प्रयोग निषेध गर्ने भएको छ ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने उल्लेख गरेका हुन् ।

प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने जनाइएको छ ।

साथै यसको कार्यान्वयनलाई प्रभावकारी बनाइने जानकारी शाहले दिए ।

महानगरले आफ्नो क्षेत्रभित्र निर्माण कार्यमा प्रयोग हुने विभिन्न निर्माण सामग्रीको गुणस्तर र मापदण्ड निर्धारण गर्ने नीति लिएको छ ।

निर्माण गर्दा वातावरणीय प्रदूषण कम हुने, कामदारको उचित सुरक्षाको प्रत्याभूति हुने, स्वदेशी कामदारको ज्ञान, सीप र क्षमताको अधिकतम उपयोग सुनिश्चित हुनेगरी पूर्वाधार निर्माण कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *