विश्वकप छनोटमा नेपाल र अमेरिकाबीचको खेल आज

काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा नेपालले आज मंगलबार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले हारेको पराजित भएको थियो । सुपर सिक्समा पुग्ने सम्भावना बलियो बनाउन नेपालका लागि जितको आवश्यकता पर्नेछ ।

नेपाल र अमेरिकाबीचको खेल दिउँसो साढे १२ बजे हरारे क्रिकेट मैदानमा हुनेछ ।

यसअघिको खेलमा खेलमा कुशल भुर्तेलले ९९ र आसिफ शेखले बनाएको ६६ रनको अर्धशतकीय पारीको मद्दतमा नेपालले जिम्बाब्वेलाई दुई सय ९१ रनको लक्ष्य दिएको थियो । उक्त खेलमा ब्याटिङ राम्रो भए पनि बलिङ र फिल्डिङ गतिलो हुन नसक्दा नेपाल पराजित हुन पुगेको हो ।

अमेरिकाले पनि आफ्नो पहिलो खेलमा वेस्टइन्डिजसँग ३९ रनको पराजय ब्येहोरेको थियो । नेपाल र अमेरिकाबीच यसअघि यो फर्म्याटमा आईसीसी लिग टू अन्तर्गत अमेरिकाको टेक्ससमा भेट भएको थियो ।

उक्त खेलमा अमेरिका ३९ रनले विजयी भएको थियो । पछिल्ला पाँच भेटमा दुई खेल नेपालले जित्दा अमेरिका दुई खेलमा विजयी भएको छ भने एक खेल ‘नो रिजल्ट’ मा टुंगिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *