शरणार्थी प्रकरणः बालकृष्ण खाणसहित १६ जना कारागार चलान

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझी र पूर्वसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई कारागार चलान गर्ने निर्णय सुनाएको छ ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजालासले लामो थुनछेक बहसपछि पुर्पक्षका लागि १६ जनालाई कारागार पठाउने आदेश दिएको हो ।

उक्त प्रकरणमा पक्राउ परेका १८ जना मध्ये टंक गुरुङ १० लाख रूपैयाँ र लक्ष्मी महर्जन ५ लाख रूपैयाँ धरौटीमा छुट्ने जिल्ला अदालतले निर्णय गरेको छ ।

कारागार चलान हुनेमा रायमाझी, खाण, पाण्डे, टेकनाथ रिजाल, केशव दुलाल, इन्द्रजित राई, सानु भण्डारीलगायत छन् ।

त्यसैगरी आङटावा शेर्पा, सन्दीप रायमाझी, शमशेर मियाँ, सन्देश शर्मा, सागर राई, रामशरण केसी, हरिभक्त महर्जन, नरेन्द्र केसी र गोविन्द चौधरी पनि कारागार चलान भएका छन् ।

अदालतको आदेशपछि उनीहरुलाई सुन्धारस्थित केन्द्रीय कारागारमा लगिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *