काठमाडौंमा भारतीय फिल्म चल्न नदिने मेयर बालेनको उद्घोष

काठमाडौं । महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द समावेश भएकामा आपत्ति जनाएका छन् ।
फिल्ममा रहेको उक्त शब्द नसच्याएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले जनाएका छन् ।
सामाजिक सञ्जालमा फेसबुकमा प्रतिक्रिया दिंदै उनले उक्त शब्द नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने उल्लेख गरेका छन् । उक्त फिल्म शुक्रबार विश्वव्यापी रूपमा प्रदर्शन हुन लागेको छ ।
बालेनले लेखेका छन्–
‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’
उनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय समेत दिएको बताए ।
प्रतिक्रिया
राम्रो कुरा हो । साना तिना कुराहरु वर्षौं देखि हामीले सहँदै आएकोले हामीलाई हेपेका हुन् भारतीयहरुले । यसरि विरोध जनाउने बानी गर्नै पर्छ र उनीहरुले गरेका गल्तीहरुलाई माफी पनि दिनु हुँदैन । सच्चीनलाई थोरै समय चाहिँ दिनु पर्छ ।