सन्दीप र दीपेन्द्रले क्यानाडामा हुने टी-ट्वान्टी खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले क्यानाडामा हुने ग्लोबल टी–ट्वान्टी खेल्ने भएका छन् ।

दिपेन्द्रलाई मोन्टरियल टाइर्गसले ड्राफ्टबाट लिएको हो । दीपेन्द्र रहेको टिममा सकिल अल हसन, आन्द्रे रसेल, क्रिस लिन, मोहम्मद वासिम लगायतका खेलाडी छन् ।

ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका दीपेन्द्र सन् २०१७ यता लगातार राष्ट्रिय टिममा छन् ।

उनले ४४ खेल खेल्दै १ हजार १ सय ३ रन बनाउनुका साथै ४४ विकेट लिएका छन् ।

यस्तै स्पिनर सन्दीपले सर्रे जागुअर्सबाट खेल्नेछन् । यो टिममा मोहम्मद ह्यारिस, लिटन दास, इफ्खिर अहमद छन् ।

सन्दीप र दीपेन्द्र दुवै अहिले एकदिवसीय विश्वकप ग्लोबल छनोटका लागि जिम्बाब्वेमा छन् ।

ग्लोबल टी–ट्वान्टी खेल्ने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन्। यसअघि सन्दीप लामिछाने र सोमपाल कामीले यो लिग खेलिसकेका छन्।

ग्लोबल टीट्वान्टी क्यानाडामा आगामी जुलाई २० देखि अगष्ट ६ सम्म चल्नेछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *