नेपाली खेलाडी सावित्रा भण्डारीले युरोपेली क्लबबाट फुटबल खेल्ने

काठमाडौं । प्रतिभाशाली नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) ले युरोपेली क्लबबाट खेल्ने भएकी छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्राले इजरायलको क्लब हापोएल रानानाबाट त्यहाँको लिग खेल्ने भएकी हुन् । यसका लागि उनी क्लबमा अनुबन्ध भएकी छन् ।

उक्त क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत् सावित्रासँग सम्झौता भएको उल्लेख गरेको । इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।

विभागीय टोली एपीएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा दुई फरक क्लबबाट खेलेर तीनवटा उपाधि जितिसकेकी छन् ।

उनले भारतीय महिला लिगमा गोकुलम केरलाबाट खेलेर उपाधि जितेकी थिइन् । उनले २९ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड पनि जितेकी थिइन् ।

यसैगरी उनले सेथु एफसी र गोकुलम केरलाबाटै लिग उपाधि जितेकी थिइन् ।

सावित्राले यो अवसरलाई आफ्नो खेल करिअरको महत्वपूर्ण पाटो भएका बताएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *