बाजुरामा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बाजुरा जिल्लाको बिच्छ्या केन्द्रबिन्दु बनाएर सोमबार बिहान भूकम्प गएको छ ।
बिहान ७ बजेर ३८ मिनेटमा ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिच्छ्या आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाएको हो ।
गत माघ १० गतेको ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पपछि बाजुरालगायत आसपासका जिल्लामा साना भूकम्प निरन्तर गइरहेका छन् ।
प्रतिक्रिया