आइतबारदेखि तापक्रम घट्ने, सामान्य वर्षाको सम्भावना

काठमाडौं । केही सातायता बढेको तापक्रम आइतबारबाट घट्ने भएको छ । कोशी प्रदेशका विभिन्न क्षेत्रमा तापक्रम घट्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आइतबारदेखि केही स्थानमा सामान्य वर्षा सुरु हुने सम्भावना रहेको विभागले जनाएको छ ।
शनिबार रातिदेखि कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने जनाइएको छ ।
यसैगरी वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
तराईका पश्चिमी भूभाग र लुम्बिनी प्रदेशका कतिपय क्षेत्रमा भने तापक्रम केही दिनसम्म हालको अवस्थामै रहने अनुमान गरिएको छ ।
विरानटगरमा बिहीबार अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस मापन भएको थियो । शुक्रबार ३६.९ मा झरेको थियो भने शनिबार अधिकतम तापक्रम घटेर ३५.३ डिग्री सेल्सियस पुगेको छ ।
प्रतिक्रिया