विदेशबाट फर्केर स्वदेशमा उद्यम गर्दै आएका युवालाई पुरस्कार

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गर्दै आएका युवाहरुलाई सरकारले सम्मान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशबाट फर्केका १० जना युवा उद्यमीलाई पुरस्कार दिएर सम्मान प्रदान गरेको हो ।

आर्थिक वर्ष २०७९–८० को उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट बाराका सरोज कोइराला सम्मानित भएका छन् ।

यूएईमा लामो समय बिताएर फर्केपछि बाराको निजगढमा कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र सञ्चालन गर्दै आएका कोइराला एक लाख ५० हजार नगदसहित उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भए ।

यस्तै उद्यमी राष्ट्रिय पुरस्कारबाट ९ जना सम्मानित भएका छन् । सम्मानित हुनेमा एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रालिका सञ्चालक म्याग्दीका महिन्द्र बानियाँ, छिन्गु मल्टी पर्पोज प्रालिका सञ्चालक रुपन्देहीका सुवर्ण पोखरेल र एमएस कृषि तथा पशुपालन फर्मका सञ्चालक महोत्तरीका मनोज राई छन् ।

यस्तै रसिलो एग्रिकल्चर नेपाल प्रालीका सञ्चालक मनोज ढकाल, नीलराज फुयाल र जितेन्द्र बानियाँलाई संयुक्त रुपमा यो पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी किराँत एग्रिकल्चर एण्ड लाइभ स्टक फर्मका सञ्चालक सुनसरीका नवीनकुमार राई, कन्सुलर एक्सन प्लान अफ रेस्पोन्सिबल डेभलपमेन्ट सोसाइटी प्रालिका सञ्चालक नवलपरासीका मोहनबहादुर कार्की र बेदकोट बेस्लरी उद्योगका सञ्चालक कञ्चनपुरका धनबहादुर धानुक पनि पुरस्कारबाट सम्मानित भएका छन् ।

उद्यमीहरुलाई सम्मान गर्दै श्रम मन्त्री शरतसिंह भण्डारीले सम्मानित युवा उद्यमीहरु देशकै लागि प्रेरणा रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *