‘विधि र नियममा कांग्रेस चल्न नसक्दा असन्तोष बढ्यो’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा चल्न नसकेको बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रुपमा पार्टी नचल्दा सन्तोष व्यक्त भइरहेको उनले उल्लेख गरे ।
पार्टीलाई विधिसम्मत रुपमा अघि बढाउने हो भने कांग्रेसले कुनै पनि पार्टीको चुनौतीलाई सहनु नपर्ने बताए ।
उनले कांग्रेस पार्टी राम्रो विचारधारा भएको अन्य कुनै पार्टी नरहेको जिकिर पनि गरे ।
‘मेरो एउटै जोड छ, विधि र नियमबाट पार्टी चलाऔँ। विधि र नियमबाट पार्टी चलेको भए त यति असन्तोष कहीँ पनि सुन्न पर्दैन थियो। अब बचेको समयमा पार्टीलाई विधि, नियमसम्मत अघि बढायौँ भने अरु पार्टीको चुनौती सामना गर्नु पर्नेछैन।’
प्रतिक्रिया