पशुपतिनाथमा ‘अतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन’ हुने

काठमाडौं । श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग नेपालले जेठ २७ गते पाशुपत क्षेत्रको हंसमण्डपमा श्री अतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन तथा श्री ललिता सहस्रनाम पाठ गरिने भएको छ ।

गुह्येश्वरी र पशुपतिनाथको परिक्रमा र पूजाआजापछि लिंगार्चन र सहस्रनाम पाठ गर्ने कार्यक्रम छ ।

१४ हजार ६ सय ४१ जनाले एकै दिन अतिरुद्री पाठ गर्ने आयोजकले जनाएको छ ।

विकास मार्गले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

संस्थाका संरक्षक अमर पन्तका अनुसार अष्टसिद्धिपीठ श्री स्वामी समर्थ गुरुपीठ त्रयम्बकेश्वर, नासिकका पिठाधीश परमपूज्य गुरुमाउली श्री अण्णासाहेब मोरेको उक्त दिन मुख्य प्रवचन हुनेछ ।

मोरेले सम्पूर्ण नेपालीको सुख, शान्ति, ऐश्वर्य नेपाल राष्ट्रको समुन्नति श्रीवृद्धि र विश्व शान्तिको संकल्प गर्ने जनाइएको छ ।

हंसमण्डपमा यस किसिमको श्री अतिरुद्रात्मक स्थान लिङ्गार्चन तथा श्री ललिता सहस्रनाम पाठ महोत्सव पहिलो भएको आयोजकको भनाइ छ ।

संस्थाका अध्यक्ष अभिराज आचार्यका अनुसार भारतका विभिन्न स्थानका साथै विश्वभरबाट १५ हजार श्रद्धालु भक्तजनको उपस्थिति हुनेछ ।

त्यस अवसरमा गुरु माउलीबाट जीवन उपयोगी आध्यात्मिक मार्गदर्शन एवं आशिर्वाद प्रदान गर्ने कार्यक्रमसमेत राखिएको छ ।

लोककल्याण, राष्ट्रहित र युवाको उत्थानमा केन्द्रित यस अनुष्ठानले विश्व शान्ति, सकारात्मक ऊर्जा सिर्जना गर्नुका साथै दैविक विपत्तिलाई निराकरण गर्न संस्थाले विश्वास लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *