भारतको ओडिसामा रेल दुर्घटना, २३३ जनाको मृत्यु

काठमाडौं । भारतको ओडिसाको बालासोर जिल्लानजिकै भएको कोरोमण्डल एक्सप्रेस रेल दुर्घटनामा २३३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ९०० भन्दा बढी घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्विट गर्दै रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको जनाएका छन् ।

शुक्रबार यशवन्तपुर–हावडा सुपरफास्ट मालवाहक रेलसँग ठोक्किएपछि कोरोमण्डल एक्सप्रेस लिकबाट बाहिर गएको थियो ।

दुर्घटनालगत्तै २०० वटा एम्बुलेन्स परिचालन गरिएको बालासोर जिल्लास्थित ओडिसाका मुख्य सचिव प्रदीप जिनाले जनाएका छन् ।

दुर्घटनाको खबर पाएलगत्तै भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका थिए । उनले ट्‌विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् ।

यस्तै सख्त घाइतेहरुलाई दुई लाख रुपैयाँ र सामान्य घाइतेहरुलाई ५० हजार रुपैयाँ राहत दिनेसमेत मन्त्री वैष्णवले घोषणा गरेका छन् ।

घाइतेहरुलाई गोपालपुरका अस्पताल तथा बालासोरको मेडिकल कलेजलगायत विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको ओडिसाका चिफ सेक्रेटरी प्रदीप जिनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *