संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम खारेज गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम’ खारेजीका लागि संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । उक्त कार्यक्रमका लागि विनियोजन भएको बजेट अन्य आवश्यक विकास निर्माणका काममा परिचालन गर्नुपर्ने माग रास्वपाले राखेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको बजेटमा संसद विकास कोषलाई ब्यूँत्याएर प्रतिसंसद ५ करोड रुपैयाँ बजेट छुट्याइएको थियो ।

यसका लागि ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको छ । सरकारले असहज आर्थिक परिस्थितिमा विवादित कार्यक्रम ब्यूँताएर जनतामा आर्थिक भार थपेको भन्दै रास्वपाले विरोध जनाएको हो ।

संकल्प प्रस्तावमा संसद विकास कोष खारेज गर्नुपर्ने तीनवटा कारणहरु उल्लेख गरिएको छ । अर्थतन्त्र धरासायी भएको, विकेन्द्रीकरणको अवधारणा विरुद्ध रहेको, भ्रष्टाचारलाई बढावा दिने खालको भएको जनाइएको छ ।

पार्टीका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले पेस गरेको संकल्प प्रस्तावमा अन्य सांसदहरुले पनि हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *