आज सार्वजनिक हुँदै बजेट

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट आज सोमबार संसद्को संयुक्त बैठकबाट सार्वजनिक गर्दैछ ।

अर्थमन्त्री का रूपमा प्रकाशशरण महतले पहिलो बजेट पेस गर्दै छन् ।

बजेटमा साधारण खर्च कटौती, पुँजीगत खर्चमा झिनो वृद्धि, अनावश्यक मानिएका सरकारी संरचनाको खारेजी तथा मर्जर, सार्वजनिक सम्पत्तिको अभिलेख र स्वदेशी तथा विदेशी लगानीको वातावरण घोषणा हुने जनाइएको छ ।

बजेट करिब १७ खर्ब हाराहारीमा आउने अनुमान गरिएको छ । चालु आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्बको बजेट ल्याएका थिए ।

उक्त बजेट पूरै खर्च नहुने भएपछि निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले २ खर्ब ४४ अर्ब रुपैयाँले घटाउँदै १५ खर्ब ४९ अर्ब रुपैयाँको कायम गरेका थिए । संशोधित यो बजेट पनि यस वर्ष पूरै खर्च हुने सम्भावना छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *