राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ५०१ जनाको कैद माफी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५०१ जनाको कैद माफी गरेका छन् ।
मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको सिफारिसअनुसार चौधरीलगायतको कैद माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।
टीकापुर घटनामा मारिएकाका परिवार तथा विभिन्न दल र नेताहरुले चौधरीलाई आम माफी दिइनु नहुने माग गर्दै आएका थिए ।
प्रतिक्रिया