नागरिकता विधेयक राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

काठमाडौं । अघिल्लो संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने मन्त्रिपरिषदले निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो ।
यसअघि दुबै संसदले विधेयक पारित गरिसकेकाले प्रमाणीकरणका लागि पठाउने निर्णय भएको जनाइएको छ ।
यसअघिका राष्ट्रपतिबाटै प्रमाणीकरण गर्नुपर्ने विषय भएकाले संसदले दुईचोटि पारित गरिसकेको नागरिकता विधेयक राष्ट्रपतिसमक्ष पठाउने निर्णय भएको उल्लेख गरिएको छ ।
यसैबीच मन्त्रिपरिषद बैठकले बाहिरी जिल्लाबाट काठमाडौं आएर राहदानी लिँदा लाग्ने १२ हजार शुल्क घटाएर ५ हजार बनाउने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया