कोशी नामकरणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न कांग्रेसको आग्रह

विराटनगर । नेपाली कांग्रेसले प्रदेशको नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न आग्र गरेको छ ।

कांग्रेसका कोशी प्रदेश सभापति एवम् प्रदेश संसदीय दलका नेता उद्धव थापाले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश नामकरणसँगै आन्दोलनमा रहेको पक्षलाई वार्तामा बोलाउन सरकारसँग आग्रह गरेका हुन् ।

प्रदेश सभाले पहिचानविहीन नाम पारित गरेको भन्दै लामो समयदेखि पहिचानवादी राजनीतिक दल तथा संगठन आन्दोलनमा छन् । उनीहरुको आन्दोलनबारे प्रदेश सरकारले कुनै चासो दिएको छैन ।

कांग्रेसले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

सभापति थापाले विज्ञप्तिमार्फत आन्दोलनकारीलाई धरपकड, कर्फ्यू, लाठीचार्ज, अश्रुग्यास र गोली चलाउनेलगायत कार्य बन्द गर्न साथै आन्दोलनकारीलाई आन्दोलन शान्तिपूर्ण गर्न आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *