भीरबाट गाडी खस्दा ४ जनाको मृत्यु, १० घाइते

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८, दुलीमा आज बिहीबार बिहान गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार यात्रु बोकेर गइरहेको गाडी बिहान दुर्घटना भएको थियो । चारैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सानीभेरीबाट मुसीकोट जाँदै गरेको जु१ज १७४७ नम्बरको यात्रुबाहक गाडी दुर्घटनामा परेको हो । गाडी भीरबाट करिब ४ सय मिटर तल खसेको प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका ५ का कर्णे बाठा र देउचन खत्री तथा पहिचान खुलिनसकेका एकजना महिला र बच्चा छन् ।
घाइतेमध्ये चारजनाको अवस्था सिकिस्त रहेको जनाइएको छ ।
प्रतिक्रिया