रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै, उपत्यकामा विदा

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज बिहीबार देखाइँदै छ । जावलाखेल पुगेको रातो मच्छिन्द्रनाथको रथबाट आज साँझ ५ बजे भोटो देखाउने कार्यक्रम रहेको गुठी संस्थान कार्यालय ललितपुरले जानकारी दिएको छ ।

भोटो देखाउने जात्रामा राष्ट्र प्रमुख पनि सहभागी हुने प्रचलन भएअनुसार राष्ट्रपति रामचन्द्र पौडेल पहिलोपटक राष्ट्र प्रमुखका रुपमा जात्रामा सहभागी हुने छन् ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ ।

यस अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *