बझाङमा बिहानै भूकम्प

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर आज बुधबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर बिहान ४ बजेर ६ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

जेठ ७ गते पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको थियो।

केही सातायता नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *