नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने तयारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्ध्मा प्रहरीले आज आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा भएको ठगी कार्यमा संलग्न भएकाहरू विरुद्धको २ महिना लामो अनुसन्धान पूरा गरी प्रहरीले प्रतिवेदन बुझाउन लागेको हो ।

आ‍ज साँझसम्म प्रतिवेदन बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख तथा एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । संलग्नमध्ये केही फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो ठगी प्रकरणमा चारजना मुख्य योजनाकार रहेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष निकालेको जनाइएको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार डा. इन्द्रजित राई, मोरङका केशव दुलाल र ललितपुरका सानु भण्डारी मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *