भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपतिलाई जेल

भ्रष्टाचारमा दोषी ठहरिएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई त्यहाँको अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ ।

फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै जेल सजाय सुनाएको हो ।

६८ वर्षीय उनलाई अब प्रारम्भिक चरणमा हतकडीसहित एक वर्ष उनकै घरमा राखिने छ ।

सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाउने गरी सजाय तोकेको एएफपीले जनाएको छ ।

सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजी पदबाट बाहिरिनेबित्तिकै कानुनी झमेलामा फसेका थिए ।

दोस्रो विश्व युद्धपछि जेल सजाय भोग्ने सार्कोजी फ्रान्सका पहिलो पूर्वराष्ट्रपति भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *