अबका निर्वाचनमा कांग्रेस एक्लै जानुपर्छः कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचनमा कांग्रेस पार्टी एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन् ।

काठमाडौमा प्रजातान्त्रिक विचार समाजको २५औं साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

कांग्रेस पार्टी यतिबेला अत्यन्तै अप्ठ्यारोमा परेको बताउँदै उनले हरेक पाईलामा पार्टी एक्लै उभिनुपर्नेमा कोइरालाको जोड दिए ।

अहिलेको निर्वाचन पद्दधतिले विकृति बढाएको भन्दै कोइरालाले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने धारणा राखे ।

कोइरालाले पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रति आम जनताको धारणा नकारात्मक रहेकोले नेताहरु सुध्रिने समय आएको पनि बताए ।

कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने पनि बताए ।

‘जुनसुकै दल वा जुन तहका व्यक्ति भए पनि कानुनबमोजिम कारबाही हुनैपर्छ’ कोइरालाले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *