नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही माग्दै देशव्यापी अभियान

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै देशव्यापी अभियान सुरु गरेको छ ।

समाजको अगुवाईमा सोमबार काठमाडौंमा प्रदर्शन गरियो ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर, सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर, मानवअधिकारमैत्री ऐन बनाऊः संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याऊ’ जस्ता नारासहित प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रमुख दलका शीर्ष नेताहरुको गलत आचरणका कारण लोकतन्त्र र देश संकटमा पर्न थालेको धारणा राखेका थिए ।

प्रमुख दलका शीर्ष नेताहरुको तत्काल सम्पत्ति छानबिन हुनुपर्ने उनले बताए ।

धर्नामा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनीले मन्तव्य राखेका थिए ।

स्रष्टाहरु अर्जुन पराजुली, रामेश्वरी पन्त र धीरेन्द्र प्रेमर्षिले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाहीको माग गर्दै कविता वाचन गरेका थिए ।

प्रदर्शनमा सत्याग्रही डा. गोविन्द केसी, समाजका पूर्वसभापतिहरु होमकान्त चौलागाई र डा. गंगाधर अधिकारी, पदाधिकारीहरु कृष्णबहादुर रावल, रामप्रसाद जोशी, चन्द्रमणि बञ्जारा, किरण ढकाल, नम्रता खरेल, दिवाकर पुडासैनी, अधिकारकर्मीहरु रत्नलक्ष्मी श्रेष्ठ, बलबहादुर गाहा मगर, जगन्नाथ पुडासैनी, विमल अर्याल, गीता तिमल्सिना, उमा गौतम, भगवान पुडासैनी, प्रमोद फुयाल, ईश्वर पुडासैनी, जयराम पुडासैनी, नानिकाजी गिरी, विकास थापा, रमेश बराल, रुपा गिरी, शर्मिला बोगटी, रोज विष्टलगायत अधिकारकर्मीको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *