जसले गोलीकाण्डमा आमा, बुबा र भाइ गुमाए

अन्टारियो। अमेरिकाको टेक्सास, एलेनस्थित एउटा मलमा गत शनिबार भएको गोली प्रहारको घटनाका बेला ६ वर्षीय विलियम चो पनि थिए। घटनामा उनका परिवारै बिते। उनी एक्ला जीवित बचे।

उनकी ३५ वर्षीया आमा सिन्डी, ३७ वर्षीय बुवा क्यु र भाइ तीन वर्षीय जेम्स उक्त घटनामा मारिएका थिए।

उक्त घटनामा ८ जनाले ज्यान गुमाएका थिए।

विलियम घाइते भएका थिए। सघन उपचार कक्षमा उपचार भइरहेका उनलाई उक्त कक्षबाट निकालिएको छ। हाल उपचार जारी छ।

परिवारै गुमाएका यी नाबालकका लागि सहृदयीहरुले सहयोग संकलन गर्ने अभियान चलाएका छन्।

पछिल्लो तथ्यांकअनुसार उनको सहयोगका लागि २० लाख डलरभन्दा बढी रकम संकलन भइसकेको छ।

‘गोफण्डमी’ मार्फत् उनका लागि सहयोग संकलन अभियान चलाइएको थियो।

उनका आफन्तका अनुसार विलियमले उक्त घटनाको चार दिनअघि मात्र आफ्नो जन्म दिन मनाएका थिए।

घटनामा मारिएका परिवारका मूली क्यु वकिल थिए। उनले परिवारलाई असाध्यै ध्यान दिने गरेका थिए।

विलियमकी आमा सिन्डी दन्त चिकित्सक थिइन्।

उक्त गोलीकाण्डमा मारिएकामध्ये आधा एसियाली मूलका थिए।

त्यहाँका एसियाली मूलका बासिन्दाहरुका अनुसार पटक पटक भएको गोली काण्डमा एसियाली मूलका मानिसहरु पीडित भइरहेका छन्।

कतिपयले अब उक्त स्थान छाडेर अन्यत्र जानुपर्ने सोच बनाएको समेत जनाइएको छ।

सन् २०२३ का चार महिनामा अमेरिकामा २ सय ७ गोलीकाण्ड भएका छन्। सन् २०२३ को मे ७ सम्मको यो तथ्यांक सन् २०१३ यताको सोही अवधिसम्मको तुलनामा सबैभन्दा बढी भएको जनाइएको छ।

अमेरिकामा सामूहिक गोलीबारीहरू ‘सीएनएन’ ले ‘गन वाइलेन्स आर्काइभझ् बाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो।

गैरसैनिकहरूले पनि सहज रूपमा बन्दुक राख्न पाउने कानुनका कारणले अमेरिकामा अप्रत्याशित गोलीकाण्ड घट्ने र निहत्थाको ज्यान जाने क्रम बढ्दो मात्रामा छ।

–क्यानाडाबाट प्रकाशित नेपाली अनलाइन ‘नेपालटच डट कम’ बाट

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *