‘नक्कली शरणार्थी प्रकरणमा दोषी जोसुकै भए पनि कारबाही हुनुपर्छ’

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्ने बताएका छन् ।
यो विषयमा कसैले पनि राजनीतिक दबाव दिन नहुने भन्दै कोइरालाले दोषी जो भए पनि कारबाही हुनुपर्नेमा जोड दिए ।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद विषय भएको कोइरालाको भनाइ थियो ।
‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन’ कोइरालाले भने, ‘उनीहरुले कानुनअनुसार सजाय पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’
नक्कली शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको उल्लेख गर्दै कोइरालाले प्रहरीले गरिरहेको अनुसन्धान बीचमै नरोकिने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया