देशभर गर्मी बढेको बढ्यै, तत्काल पानी पर्ने सम्भावना कम

काठमाडौं । केही दिनयता देशभर गर्मी बढेको छ । बिहानैदेखि घाम चर्कने गरेको छ । यसले अधिकतम तापक्रम वृद्धि हुँदा गर्मी ह्वात्तै बढेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भैरहवाको अधिकतम तापक्रम ४० दशमलव ९ डिग्री सेल्सियस पुगेको छ ।
विराटनगर, सिमरा, धरान, जनकपुरको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी पुगेको छ ।
देशका अरु भूभागमा पनि तापक्रम बढ्ने क्रम जारी छ । अत्यधिक गर्मीका कारण सार्वजनिक स्थलहरुमा सर्वसाधारणको चहलपहल कम देखिन थालेको छ ।
विभागका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले तापक्रम अझै बढ्ने अवस्था देखिएको छ ।
प्रि–मनसुनको समय भएकाले पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मौसम आंशिकदेखि सामान्य बदली भएर फाट्टफुट्ट पानी पर्ने सम्भावना रहे पनि तराईका जिल्लामा बेलुकासम्मै चर्को घाम लाग्ने जनाइएको छ ।
प्रतिक्रिया