‘संकटग्रस्त अर्थतन्त्रलाई झारफुकले पुग्दैन, सर्जरी गर्नुपर्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अर्थतन्त्र संकटमा परेको बेलामा स्थायित्व र स्थिरताका कुराले मात्रै न्याय गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा ‘विनियोजित विधेयक २०८०’ का सिद्धान्त र प्राथमिकता छलफलमा बोल्दै वाग्लेले यस्तो बताएका हुन् ।

उनले मुलुकको वर्तमान अर्थतन्त्र सुधारका लागि ‘झारफुकले मात्र नहुने र सर्जरी नै गर्नुपर्ने’ उल्लेख गरे ।

‘सरकारले हिजो रातिसम्म ७ खर्ब ३३ अर्बको राजश्व संकलन गरेको छ भने १० खर्ब १६ अर्ब खर्च छ । त्यति ठूलो खाडल कसरी पूरा गर्ने ?’ वाग्लेले प्रश्न गरे, ‘कर्जा लगानी र आर्थिक वृद्धिबीचको ठूलो भ्वाङ छ । कर्जा नियमित रुपमा २२ प्रतिशत वृद्धि भइरहेको छ । अर्थतन्त्रको गतिसँग समान देखिरहेका छैनौं । कहाँ चुहिरहेको छ ?’

अर्थतन्त्र समस्याग्रस्त भई लय गुमाएको अवस्थामा आर्थिक स्थायित्व र स्थिरताका कुरा गर्नु उचित नभएको उनको भनाइ छ । अब परिणात्मक विकासबाट गुणात्मक विकासमा जानुपर्ने आवश्यकता रहेको उनले बताए ।

सडक, विद्यालयका संरचनाभन्दा पनि गुणात्मक सेवामा जोड दिनुपर्ने वाग्लेको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *