प्रतिनिधिसभामा सांसदहरुले अब विद्युतीय हाजिरी गर्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले अब विद्युतीय हाजिरी गर्नुपर्ने भएको छ ।

प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले यसै अधिवेशनबाट विद्युतीय हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो ।

यसअघि सांसदहरूले रजिस्टरमा हाजिरी जनाउँदै आएका थिए ।

प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत् त्यसै दिन सार्वजनिक गरिने सभामुख देवराज घिमिरेले जनाएका छन् ।

सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थित भए नभएको जानकारी नहुने र बैठकमा कोरम नपुग्ने समस्या हुँदै आएको छ ।

विद्युतीय हाजिरीको व्यवस्थापछि त्यस्तो समस्या नहुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *