यो वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने

काठमाडौं । यो वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने सम्भावना औंल्याइएको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनुसनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना औंल्याएको हो ।

विभागले बिहीवार काठमाडौंमा कार्यक्रम आयोजना गरी सरदरभन्दा यसपालि कम पानी पर्ने अनुमान सुनाएको हो ।

यस वर्षको मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागको भनाइ छ ।

कोशी प्रदेशका मध्यभाग तथा उत्तरपूर्वी भूभाग, बाग्मती प्रदेशका दक्षिण पूर्वी भूभाग र मधेस प्रदेशका धेरैजसो भूभागमा सरदर पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको विभागले उल्लेख गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले धेरैजसो भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको बताए ।

यस वर्ष मनसुन जेठ १८ देखि असोज १३ गतेसम्म तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *