नवौंपटकको विस्तारमा कांग्रेसबाट ३ मन्त्री थपिए

काठमाडौं । नवौंपटकको विस्तारमा मन्त्रिपरिषदमा तीनजना मन्त्री थपिएका छन् । थपिएका मन्त्रीहरुमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले चार महिनाको अवधिमा नवौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बू नियुक्त भएका छन् ।

तीन मन्त्री थपिएसँगै मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ ।

नवौंपटक मन्त्रालय विस्तार गरे पनि वन तथा वातावरण मन्त्रालय र खानेपानी मन्त्रालय अझै नेतृत्वविहीन छ ।

सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको समर्थन कायमै रहे पनि मन्त्रिपरिषद्‌मा सहभागी भने छैनन् ।

तीनै मन्त्रीको शपथग्रहणको कार्यक्रम भोलि बिहीबारका लागि तय गरिएको छ ।

बिहीबार दिउँसो ३ बजे शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पदको शपथ ग्रहण गराउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *