बीपी राजमार्गमा कार दुर्घटनाः २ जनाको मृत्यु

काठमाडौं । तीनजना सवार कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बीपी राजमार्गको कमलामाई नगरपालिका–२ को पिपलभन्ज्याङ खण्डमा आइतबार बिहान कार दुर्घटना भएको हो ।

दुर्घटनामा झापाको सुरुंगा–४ का ४३ वर्षीय कुमार पुरी र सिन्धुलीको मरिण घर भइ काठमाडौं गौरीघाट बस्दै आएकी ३८ वर्षीया सहारा प्रसाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट सिन्धुली गइरहेको बा८च ९१३५ नम्बरको कार सडकको घुमाउरो खण्डबाट करिब ३० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी प्युठानका योगेन्द्र थापा घाइते भएका छन् । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *