नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडाै । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज कुवेतसँगको खेल वर्षाले रद्द भए पनि नेपाल फाइनलमा पुगेको छ ।

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभर ३ बलको खेल सकिँदा कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको अवस्थामा पानी परेपछि खेल रद्द हुँदा नेपाल विजयी भएको हो ।

नेपालका करण केसीले पाँच विकेट लिएका छन् । करणले ४ ओभर ३ बलमा १० रन दिएर पाँच विकेट लिएका हुन् ।

यसअघि त्रिवी क्रिकेट मैदानमा पानी परेर ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाएर २ सय ८० रन बनायो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए । यस्तै, कुशल मल्लले ५७, कुशल भुर्तेलले ४३, आशिफ शेखले ३१, आरिफ शेखले १९ र सन्दीप लामिछानेले ५ रन बनाए ।

यस्तै सोमपाल कामीले १२, ललित राजवंशीले २, भीम सार्की १ रनमा आउट हुँदा दीपेन्द्रसिँह ऐरीले खाता खोल्न पनि सकेनन् ।

कुवेतका मोहम्मद अस्लाम र अदान इद्रिसले २/२ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *