कोइराला भन्छन्, ‘युवाको भावनाअनुसार पार्टी चलेन, अब सच्चिनुपर्छ’

विराटनगर । कांग्रेस नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् ।

विराटनगरमा पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताए ।

उनले युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको उल्लेख गरे ।

‘उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी छ । अब युवाहरूलाई अवसर दिँदै जिल्लादेखि स्थानीय तह हुँदै वडा र टोलसम्म संगठन गर्नुपर्ने देखिएको छ,’ कोइरालाले भने, ‘मतदाता र युवाको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको हो । अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नैपर्छ ।’

हारको दोष एकजनामाथि थोपरेर अरु उम्किने अवस्था नरहेको भन्दै उनले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र समीक्षा हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *