९ लाख लिएर क्यानाडा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । विभिन्न प्रलोभनमा पारी क्यानाडा पठाइदिने भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका १८ घर भइ काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएकी विपना कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।

क्यानाडा पठाएर राम्रो काममा लगाइदिने लोभ देखाएर उनले पीडितबाट ९ लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले पटक पटक गरी त्यति रकम लिएकी थिइन् ।

आफूबाट रकम लिइ बेपत्ता भएको भन्दै पीडितबाट वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।

विभागले उनलाई पक्राउ गर्न प्रहरीमा भनेको थियो। त्यसअनुसार प्रहरीले खोजी गर्ने क्रममा गोकर्णेश्व नगरपालिकाको जम्बुडाँडामा उनलाई पक्राउ गरेको जनाएको छ ।

थप अनुसन्धानका लागि उनलाई काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *