नयाँ वर्षमा ग्राहकका लागि नेपाल टेलिकमको सहुलियतपूर्ण योजना

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा नेपाल टेलिकमले ग्राहकहरुलाई सहुलियत दिने भएको छ ।

यस अवसरमा ग्राहकहरुका लागि टेलिकमले भ्वाइस, डाटा र ‘बोनस अन रिचार्ज’ प्याकेज उपलब्ध गराएको जनाएको छ ।

उक्त अफर २०७९ चैत ३० देखि २०८० बैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागू हुनेछ ।

कम्पनीले ४९ रुपैयाँमा एक दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध गराउने जनाइएको छ ।

त्यसैगरी एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत टेलिकमले बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ ।

यस अनुसार २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ ।

त्यसैगरी ५०० रुपैयाँ र त्यसभन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *