म्यानमारमा सेनाको हवाई आक्रमणः ५३ जनाको मृत्यु

काठमाडौं । म्यानमारमा सेनाले गरेको हवाई आक्रमणमा ५३ जनाको ज्यान गएको छ ।

मारिनेमा १५ जना महिला र केही बालबालिकासमेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सैन्य शासनको विरोध गर्दै आएको उत्तर पश्चिमी सगाइङ्ग क्षेत्रको पा जि गी गाउँमा सेनाले हवाई आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।

म्यानमारमा सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सन् २०२१ को फेब्रुअरीमा सत्ता हातमा लिएयता विरोधीमाथि हवाई आक्रमण गर्दै आएको छ ।

सगाइङ्ग क्षेत्रका समुदायले आफ्नै लडाकू जत्था खडा गर्ने, आफ्नै विद्यालय र स्वास्थ्य सेवा केन्द्र सन्चालन गर्नेलगायतका गतिविधि गरी सैन्य शासनको विरोध गर्दै आएका छन् ।

सैन्य सत्ताविरोधी लडाकु समूह पिपुल्स डिफेन्स फोर्स पीडीएफको नयाँ कार्यालय उद्घाटन समारोहमा भाग लिन भेला भएकाहरुमाथि सेनाको जेटले हवाई आक्रमण गरेको हो ।

सेनाले सत्ता हातमा लिएयता सुरु भएको गृहयुद्धमा ३० हजारभन्दा बढी मानिस मारिएको र एक लाख ४० हजार विस्थापित भएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार देशका करिब एकतिहाइ जनतालाई मानवीय सहायताको खाँचो छ ।

–गुगल नक्सा ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *