बालेनसँग वार्ता गर्न प्रधानमन्त्रीलाई गगनको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौं महानगरपालिकासँग तत्काल वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सोमबार बोल्दै सांसद थापाले महानगरपालिकासँग छलफल र सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

मेयर बालेन शाहसँग वार्ता गरी समस्याको समाधान गर्न उनले आग्रह गरेका हुन् ।

‘बागदरबार र सिंहदरबारबीच टकराव देखिएको छ । काठमाडौं महानगरपालिकाले फोहोर नउठाउने भनेको छ । अहिले म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । कुनै विलम्ब नगरीकन, कुनै आग्रह नगरीकन काठमाडौं महानगरपालिकासँग छलफल गरियोस् । संवाद गरियोस्’ थापाले भने, ‘जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्टाइयोस् । जायज मागहरु पूरा गरियोस् र हामी काठमाडौंका जनप्रतिनिधिहरुलाई पनि यो प्रक्रियामा सम्मिलित गराइयोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *