‘धर्म विज्ञान’, वंशावली र नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक

काठमाडौं । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष चेतनाथ घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा ७ जनालाई सम्मान गरिएको थियो ।
जेष्ठ नागरिक, आजीवन सदस्यतासहित सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यस अवसरमा नयाँ वर्षको शुभकामना आदान प्रदान पनि गरिएको थियो ।
यसैगरी गोरखाको हर्मी, ढाक्रेपानी घिमिरे वंशावली र रोहिणी घिमिरेद्वारा संकलित तथा प्रकाशित ‘धर्म विज्ञान’ पुस्तक विमोचन गरिएको थियो ।
प्रतिष्ठानले तयार पारेको २०८० सालको भित्तेपात्रो पनि त्यस अवसरमा सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु बासुदेव घिमिरे र श्यामप्रसाद घिमिरे, बाग्मती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईं घिमिरे, सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद घिमिरे, जिल्ला समन्वय समिति महासंघका महासचिव अशोक घिमिरेको सहभागिता थियो ।
यसैगरी विभिन्न जिल्ला तथा स्थानीय घिमिरे समन्वय समितिका अध्यक्ष तथा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी थिए ।
प्रतिष्ठानका केन्द्रीय सदस्य ईश्वरीराज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाबाट घिमिरे बन्धुहरु भेला भएका थिए ।
कार्यक्रममा संस्थाका महासचिव तथा कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गरेका थिए ।