महिला साथीको नाममा फेसबुक एकाउन्ट बनाएर लाखौं ठगी

काठमाडौं । महिलाको नाममा फेसबुक एकाउन्ट बनाएर ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पर्वतको मोदी गाउँपालिका २ का २६ वर्षीय विश्व शर्मालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आफ्नै महिला साथीको फोटो दुरुपयोग गरेर शर्माले फेसबुकमा नक्कली एकाउन्ट बनाएका थिए ।
उक्त एकाउन्टबाट अरु धेरैलाई साथी बनाएर माया प्रेमको बहाना बनाई रकम ठगेको पाइएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।
विभिन्न बहानामा पैसा मागेको र फरक–फरक बैंक खाता तथा डिजिटल वालेटहरूमार्फत पैसा मागेर ठगी गरेको पाइएको छ ।
त्यसरी ठगिएकामध्ये केहीले उजुरी गरेपछि प्रहरीले शर्मालाई पक्राउ गरेको हो । उजुरीका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया