रौतहटमा आगलागी : २२ घर जले, निभाउने प्रयास जारी

रौतहट । रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा आगलागी हुँदा कम्तीमा २२ वटा घर जलेर नष्ट भएका छन् ।

मानपुर विशुनपूर्वा बस्तीमा भएको आगलागीमा परी अरु केही घरमा क्षति पुगेको जनाइएको छ ।

प्रहरीका अनुसार आगो निभाउने प्रयास भइरहेको छ । के कारणले आगलागी भएको भन्ने खुलिसकेको छैन ।

प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकलको प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *