ट्विटरमा अब नीलो चरा होइन, ‘डग्गी’

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरले प्रयोग गर्दै आएको लोगो परिवर्तन गरिएको छ । नीलो रङ्गको चरा रहेकामा अब कुकुरको चित्र लोगोमा प्रयोग गरिएको छ ।

यो परिवर्तन पछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यभहरुले उल्लेख गरेका छन्।

ट्विटरका मालिक एलोन मस्कले यसबारे उल्लेख गरेका छन् । ‘डग्गी’ अब ट्विटरको नयाँ लोगो हुने उनले बताएका थिए ।

सोमबार रातिदेखि प्रयोगकर्ताहरूले आफ्नो ट्विटर खातामा नीलो चराको सट्टा कुकुर देख्न थालेपछि आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन् ।

एक्कासि लोगो परिवर्तन भएपछि प्रयोगकर्ताहरमा सुरुमा आफ्नो एकाउन्टमा कुनै खराबी आएको हो कि वा ह्याक भएको भन्ने जिज्ञासा एकअर्कालाई राखेका थिए ।

कम्पनीका मालिक एलोन मस्कले ट्वीटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट पारेपछि यो औपचारिक रुपमा फेरिएको सबैले थाहा पाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *