रवि लामिछानेविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता युवराज पौडेल (सफल) ले सोमबार रिट दर्ता गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार लामिछानेको राहदानीको विषयमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट निवेदन दर्ता भएको हो ।

चैत ६ गते महान्यायधिवक्ताको कार्यालयले प्रहरीको राय र जिल्ला तथा उच्च अदालतको प्रतिवेदनअनुसार लामिछानेविरुद्ध राहदानीको विषयमा मुद्दा नचलाउने निर्णय गरेको थियो ।

यसअघि अधिवक्ता पौडेलले लामिछानेको संसद् पदको योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *