नगेन्द्रप्रसाद-आशालता रिजाल पुरस्कार प्रतिष्ठानमा नयाँ समिति

विराटनगर । नगेन्द्रप्रसाद-आशालता रिजाल पुरस्कार प्रतिष्ठानमा नयाँ कार्यसमिति बनाइएको छ । संस्थाको साधारण सभाको भेलाले प्रतिष्ठानको नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजसेवा, धर्म–संस्कृति, भाषा साहित्य र कला आदिका विधामा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई राष्ट्रिय स्तरको पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापित संस्थाको अध्यक्षमा इन्दिरा रिजाल निर्वाचित भएकी छन् ।

उपाध्यक्षमा सुरेशकुमार शर्मा, सचिव कविराज न्यौपाने, सहसचिव केदारप्रसाद रिजाल, कोषाध्यक्ष दिनेशराज सुवेदी (दिङ्लाली कान्छो) चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा प्रा. डा. खगेन्द्र आचार्य, रामप्रसाद खतिवडा र राजेन्द्र राउत निर्वाचित भएका छन्।

साधारण सभाको उद्घाटन समाजसेवी प्रभुप्रसाद पराजुलीले गरेका थिए ।

संस्थाले प्रदान गर्दै आएको पुरस्कार निकट भविष्यमा घोषणा गरिने र एक समारोहको आयोजना गरी पुरस्कारहरू हस्तान्तरण गरिने जानकारी अध्यक्ष रिजालले दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *