प्रतापनिधि शर्मा स्मृति कोषद्वारा पाण्डे र रेग्मी पुरस्कृत

विराटनगर । शिक्षासेवी एवं सामाजिक अभियन्ता प्रतापनिधि शर्माको स्मृतिमा स्थापना गरिएको प्रतापनिधि शर्मा स्मृति कोषले प्राध्यापक विश्वराज पाण्डे र सर्जक स्वीकृति रेग्मी ‘मुना’ लाई पुरस्कृत गरेको छ ।
पाण्डेलाई २५ हजार रुपैयाँको शिक्षा पुरस्कार तथा रेग्मीलाई ११ हजार रुपैयाँको साहित्य पुरस्कार प्रदान गरिएको हो ।
प्रदेश सांसद केदार कार्कीले ती पुरस्कार हस्तान्तरण गरेका थिए ।
त्यस अवसरमा विभिन्न संस्कृत पाठशालाका छात्रछात्रालाई छात्रवृत्ति वितरण पनि गरिएको थियो ।
सर्जक दिनेशराज सुवेदी ‘दिङ्लाली कान्छो’ को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार दधिराज सुवेदी, सल्लाहकार कविराज न्यौपाने, शिक्षासेवी दिनेश श्रेष्ठ, प्रतिमा निरौला, शोभा पोखरेल, जनकमणि तिम्सिना, चूडामणि नेपाल लगायतले शर्माको योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा कवि जिवराज घिमिरेले कविता वाचन गरेका थिए ।