पूर्वराजा ज्ञानेन्द्रलाई इनरुवामा नागरिक अभिनन्दनको तयारी

सुनसरी । पूर्वराजा ज्ञानेन्द्र शाहलाई चैत २० गते सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने भएको छ ।

नेपाल विद्धत् परिषद् पूर्वाञ्चल समितिका संयोजक बल्लभप्रसाद दाहालका अनुसार अभिनन्दन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

समितिले आज इटहरीमा पत्रकार सम्मेलन आयोजना गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

गत साता इटहरीको बुढीगंगाघाट, मुक्तिधाम मन्दिरमा गत सोमवार साँझ आयोजित सन्ध्याकालीन पूजा आरतीमा पूर्वराजा सहभागी भएका थिए ।

केही सातादेखि पूर्वराजा शाह झापाको दमकस्थित चिया बगानभित्र रहेको निवासमा बस्दै आएका छन् ।

अभिनन्दन कार्यक्रममा कोशी प्रदेश र आसपास क्षेत्रबाट ३० देखि ४० हजार जनाको सहभागिता हुने आयोजक समितिले जनाएको छ ।

इनरुवाको खेल मैदानमा हुने कार्यक्रमका झापाबाट त्यसै दिन दिउँसो पूर्वराजा ज्ञानेन्द्र सडकमार्ग हुँदै आउने कार्यक्रम रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *